× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको आयोजनामा पुस १ देखि २ गते हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० विद्यालय सहभागी हुने

    ८ महिना पहिले

    मंसिर-२६, इच्छाकामना गाउँपालिकाको आयोजनामा यही पुस १ र २ गते हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका जम्मा १० वटा माध्यमिक बिद्यालय तथा उच्च माध्यामिक विद्यालय सहभागी हुने भएको छ ।

    सर्वशान्ति उच्च मावि र प्रगति पाठशाला कुरिनटारको खेल मैदानमा हुने प्रतियोगितामा भलिवल(छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथलेटिक्स तर्फ दौडमा छात्र/छात्रा १००,२००,४०० र ८०० मिटर दौड, सटपुट छात्र/छात्रा र मार्सल आर्ट्स तेक्वान्दोमा छात्र तर्फ अन्डर ४५ , ४८, ५१,५५, ५९ केजी र एकल काता तथा छात्रा तर्फ अन्डर ४२, ४४ , ४६, ४९,५२ केजी र एकल काता खेल हुने शिक्षा शाखाका प्राविधिक सहायक पुष्पराज दवाडीले जनाकारी दिनुभएको छ।

    यस अघि पालिकाले निकालेको सुचनामा तेक्वान्दो तर्फ छात्र छात्रामा ३/३ वटा विधा मात्र छुट्याएको भएपनि हाल सो खेलमा छात्र/ छात्रा तर्फ थप तिन तिनवटा विधा थपेको हो।

    हरेक खेलमा एक विधालयका एक विधार्थी मात्र खेलमा सहभागिता जनाउन सक्ने शिक्षा शाखा प्राविधिक सहायक दवाडीले जनाउनुभएको छ।