× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • पर्यटन

    नेपाल सम्बत्को अवसरमा काठमाण्डौबाट बन्दिपुर, लम्जुङ, गोरखा र चितवनमा मोटरसाइकल ¥याली

    ८ महिना पहिले

    मंसिर २४, चितवन
    नेपालीहरुको मौलिक संवत नेपाल संवत ११४४ को अवसरमा नेवा भोलन्टियर्स बसन्तपुरले निकालिएको ३ दिने भिन्तुना ¥याली सम्पन्न भएको छ । राष्ट्रिय सम्बत् सम्बद्र्धन तथा आन्तरिक पर्यटन स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले तनहुँ, लमजुङ, गोरखा र चितवनको विभिन्न धार्मिक स्थलहरुको अवलोकन गर्न काठमाण्डौबाट १५० भन्दा बढी नेवा भोलन्टियर्सका सदस्यहरु ¥यालीमा सहभागी भएका थिए । मंसिर २२ गते काठमाण्डौको बसन्तपुरबाट निकालिएको ¥याली लमजुङ, तनहुँको बन्दिपुर, गोरखाको त्रिवेणी, कालीका, मनकामना देवीको दर्शन गर्नुका साथै चितवनको इच्छाकामना मन्दिरको दर्शन गरी २४ गते काठमाण्डौ फर्किएको थियो ।


    धार्मिक स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले आएको ¥यालीले तनहुँको आँबुखैरेनीबाट गोरखाको मनकामना दर्शन गरी शहिद लखन गाउँपालिका वडा नं. ३ निभारे स्थित रहेको कालीका भगवती माइ र त्रिवेणी भगवती माइको दर्शन गरेका थिए । गुरुङ्ग समुदायको बाहुल्यता रहेको निभारे गाउका स्थानीयहरुले टिका तथा फुलमाला दिएर ¥यालीमा सहभागीहरुलाई स्वागत गरेका थिए । कालीका देवीको स्थापना र महत्वको विषयमा जानकारी लिएपछि ¥याली टोली मुग्लिन फर्किएका थिए ।


    मुग्लिनमा रहेको इच्छाकामना मन्दिर प्रवेश द्धारमा ¥यालीलाई नेवा गुठी समाजका सदस्यहरुले फुलमाला दिएर स्वागत गरेका थिए । उनीहरुलाई होटल व्यवसायी संघ मुग्लिनले स्कटिङ गरेर इच्छाकामना मन्दिर सम्म लैजाने व्यवस्था मिलाएको थियो ।

    त्यस्तै खर्पन गाउँमा ¥यालीमा सहभागी टोलीलाइ मगर साँस्कृतिक कार्यक्रमको आयोजना गरी भब्य रुपमा स्वागत गरेको थियो । खर्पन युवा सञ्जाल तथा खर्पन आमा समुहको संयुक्त टोलीले काठमाण्डौबाट इच्छाकामना दर्शनका लागि आएका नेवा भोलन्टिर्सका सदस्यहरुलाई टिका, फुलमाला दिनुका साथै नेवारी परम्परा अनुसार कै समयावजी दिएर स्वागत गरेको थियो । त्यस्तै तामिन, किटश्वरा इच्छाकामना मन्दिर परिषरमा पनि स्थानीयहरुले ¥यालीमा सहभागीहरुलाई भव्य स्वागत गरेको थियो ।
    ¥यालीको क्रममा विभिन्न ठाउहरु पुग्दा गुरुङ्ग र मगरहरुको कला संस्कृति परम्परा बुझ्ने मौका पाएकोे ¥यालीमा सहभागी अन्जिता खड्गीले बताउनुभयो ।


    नेपाल संम्बद नेपाली जनताको छोराले चलाएको सम्बद भएका कारण यसलाई काम काजको सम्बद बनाउनु पर्ने नेवा भोलन्टियर्सका अध्यक्ष मनोज नेवा खड्गीले बतानुभयो । नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबद्र्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूती घोषणा गरेको थियो ।