× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    याक ब्रिविङ्ग कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत कुरिनटारमा १ दिने स्वास्थ्य शिविर सम्पन्न

    ८ महिना पहिले

    मंसिर ९, कुरिनटार
    कुरिनटारमा आज स्त्री रोग सम्बन्धि एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिको कार्यालयले याक ब्रिविङ्ग कम्पनीको आर्थिक सहयोग र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम संगै स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि एक दिने शिविर सञ्चलन गरेको हो ।


    इच्छाकामना आधारभुत अस्पतालमा सञ्चालन भएको सिविरमा १६० जना महिलाले चेक जाच गराएको आयोजकले जनाएको छ । चेकजाच गर्न आउने अधिकांश महिलाहरु स्तन क्यानसर सम्बन्धिको चेक जाच गर्न आएको डा. उत्सवमान श्रेष्ठले बताए । सुरुवाती चरणमै स्तन क्यान्सरलाई पहिचान गरी समयमै उपचार गरेमा क्यान्सरबाट बच्न सकिने डा. श्रेष्ठले बताउनुभयो । सामान्यतया स्तन क्यान्सरको लक्षणहरु स्तनमा गिर्खा देखा पर्नु, गिर्खाहरु दुख्नु जस्ता समस्याहरु देखिएमा तुरुन्तै स्वास्थ्य चौकीमा गई चेकजाच गरानुपर्ने बताउनुभयो ।


    त्यस्तै अधिकांश महिलाहरु पाठेघर सम्बन्धि क्यान्सरको समस्या लिएर चेक जाच गर्न आएको डा. पुनम थापाले बताउनुभयो । जनचेतनाको अभाव र रोग लुकाउने कारणले पनि धेरै महिलाहरु पाठेघर सम्बन्धि क्यान्सरिको सिकार भएको उन्ले बताए ।

    सामान्यतया पाठेघरको मुखको क्यान्सरको लक्षणहरु यौन सम्पर्क गर्दा योनीमा रगत देखिने, महिनावारी नियमित समयमा नहुने, यौनीबाट धेरै फोहोर पानी बग्ने, चिलाउने जस्ता रहेको हुँदा यस्ता लक्षणहरु देखिएमा तुरुन्त चेकजाच गर्नुपर्ने डा. थापाले बताउनुभयो ।

    शिविरमा पाठेघरको क्यान्सर शङ्का लागेका विरामीहरुको नमुना संकलन तथा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।


    कुरिनटार स्थित रहेको याक ब्रिविङ्ग कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको यस स्वास्थ्य शिविर कार्यक्रमलाई पालिकासंग समन्वय गरेर निरन्तरता दिने कम्पनीका म्यानेजर माधव पौडेलले बताएका छन् ।