× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायलमा आक्रमण, ९ नेपाली घाइते

    २ वर्ष पहिले

    असोज-२०, प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

    घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

    भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ। उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो। शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।