× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    दोस्रो इच्छाकामना महोत्सव सम्पन्न, एक करोड भन्दा बढीको कारोबार

    १० महिना पहिले

    चितवको कुरिनटारमा भाद्र २७ गतेदेखि चलेको दोस्रो इच्छाकामना महोत्सव २०८० आइतबार समापन कार्यक्रम भएको छ । इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको महोत्सवको इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

    समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पु¥याएको बताउनुहुदै आर्थिक चलायमान बनाउन पनि यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।


    ‘हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नाराका साथ सम्पन्न महोत्सवमा एक करोड बढी कारेबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव १ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको अनुभूति हाम्रो छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।


    त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो ।


    महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए । पाच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे । भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटारले गरेको थियो ।


    कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।