× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    इच्छाकामनामा तीज साँस्कृतिक तथा व्यापारिक महोत्सव २०८० हुने

    ११ महिना पहिले

    भाद्र १९, चितवन

    चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना कुरिनटारमा वृहत इच्छाकामना महोत्सव हुने भएको छ । “हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ दोस्रो इच्छाकामना महोत्सव २०८० हुने भएको हो । इच्छाकामना उद्योग बाणिज्य संघ र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा यहि भाद्र २७ गते देखि असोज ७ गते सम्म महोत्सव हुने सोमबार पत्रकार सम्मेल गर्दै महोत्सव बारे जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा कुनिरटार स्थित लोकप्रिय होटल पछाडी रहेको जग्गामा महोत्सव हुने र महोत्सवको उद्देश्य इच्छाकामनाको विकास र समृद्धि गर्नु रहेको कार्यक्रम संयोजक एवम् इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष रुद्र उप्रेतिले बताउनुभयो । त्यस्तै महोत्सवमा विभिन्न जातजातिको कला साँस्कृति झाकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुति, व्यापारिक स्टल, विभिन्न खानाको परिकार, बाल उद्यन, पर्यटकी तथा धार्मिक स्थलहरु बारे जानकारी दिइने संयोजक उप्रेतिले बताउनुभयो । महोत्सवमा विभिन्न व्यापारिक क्षेत्रका १५० देखि २०० वटा स्टलहरु रहने छ । महोत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजको दिन भब्य तीज गीत कार्यक्रम पनि गरिने भएकोले यस वर्षको महोत्सव विशेष रहने महोत्सवका संयोजक एवम् इच्छाकामना उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले बताउनुभयो ।

    स्थानीय स्तरमा उत्पादन भएको उत्पादन संगै विभिन्न जातजातिको कला संस्कृतिको प्रबर्दन र स्थानीय उत्पादनको बजारीकरण गरि ग्रामिण क्षेत्रको उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गरेको यस महोत्सवले स्थानीयहरुको आर्थिक विकासमा समेत टेवा पु–याउने गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्गले बताउनुभयो । चितवनको पर्यटनलाई उकास्ने गरि महोत्सवमा गतिविधि समावेश गरिने र महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने महोत्सवका सहआयोजक एवम् इच्छाकामना एफ एमका अध्यक्ष प्रताप गुरुङ्गले बताए । महोत्सवको संरक्षकमा इच्छाकामना गाउँपालिका र उद्योग बाणिज्य संघ चितवन रहेका छन् ।

    महोत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता समेत हुने महोत्सव मुल समारोह समितिका सदस्य सचिव विनोद श्रेष्ठले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । दैनिक रुपमा इच्छाकामना त्रिवेणी कला केन्द्र र इच्छाकामना सप्तरङ्गी लोक साँस्कृतिक संरक्षण मञ्चका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल, कर परामर्श समितिका सदस्य मणीरत्न शाक्य, त्रिवेणी युवा क्लबका अध्यक्ष मुक्ति कुमार श्रेष्ठ, विभिन्न राजनैतिक दलका प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो ।