× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    धादिङको गणेश खोला पुलनजिकै सडक भाँसिदा पृथ्वी राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    बैशाख-१८,पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।

    सडकको बीचभागमा ठूलो भ्वाङ परेको र धुनिबेँसी नगरपालिका– ६ धार्केतर्फ गणेश खोला पुलनजिकै सडक भासिएपछि राजमार्गमा सवारीसाधन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बताए।

    अहिले दुवैतर्फ सवारी बन्द छ। ‘नगरपालिका र गाउँपालिकासहित सडक सुचारु गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौँ,’ जैसवालले भने। भासिएको ठाउँ नआइसकेका सवारीहरू चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुलनजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भइरहेको उनले जानकारी दिए।

    ‘नियमित रूपमा झैँ पृथ्वी राजमार्ग सुचारु गर्नचाहिँ समय लाग्छ। यति वेलै सकिन्छ भन्न सकिन्न,’ उनले भने।

    सम्बन्धित शीर्षकहरु