× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    १ वर्ष पहिले

    मुग्लिन, ९ चैत्र ।
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. मुग्लिन शाखाले इच्छाकामना–५, मुग्लिन अवस्थित श्री त्रिवेणी बराह मा.वि. मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    Global Money Week – 2023 को सन्दर्भमा युवा लक्षित वित्तीय साक्षरताको उद्देश्य राखी बैंकले उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा सामान्य बैंकिङ्ग ज्ञान, बचतको महत्व, डिजिटल बैंकिङ्गको महत्व एवं सुरक्षित साथ डिजिटल बैंकिङ्गको सेवा लिने सम्बन्धमा सहभागी विद्यार्थीहरुलाई ज्ञान प्रदान गरिएको थियो । करिब ५० जना विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रमको सहजीकरण मुग्लिन शाखाका शाखा प्रमुख नरहरि मिश्रले गर्नु भएको थियो ।


    यसैगरी, सोही कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले प्रकाशन गरेको बाल चित्रकथा ‘सम्पदा जोगाऔँ, पहिचान बचाऔँ’ को ५ थान पुस्तिका शाखा प्रमुख मिश्रले विद्यालयका प्र.अ. युवराज लामालाई हस्तान्तरण गर्नु भएको थियो । नेपाली र अँग्रेजी दुबै भाषामा रहेको उक्त चित्रकथा पुस्तिकाको अध्ययनबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हाम्रा सम्पदाहरुको महत्व तथा फाइदा, आधारभूत बैंकिङ्ग एवं डिजिटल बैंकिङ्गका फाइदाहरुबारे ज्ञान हासिल गर्न सक्ने बैंकका कर्मचारी देवराज अधिकारीले बताउनु भयो ।