× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेघ गर्जन,चट्याङ्ग, हावा-हुरी,असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ वर्ष पहिले

    चैत्र -७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मेघ गर्जन,चट्याङ्ग, हावा-हुरी,असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग, हावा-हुरी,असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग,हावा-हुरी,असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।