× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा ९६ घण्टे ‘फ्रन्ट अफिस रेसेप्सन तालिम’ सुरु

    १ वर्ष पहिले

    चैत्र-५, हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राविधिक शिक्षालय/व्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर एवं चितवन होटल व्यवसायी संघ, इच्छाकामना इकाइको सहकार्यमा आइतबार देखि इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित नेवार गुठी समाजको सभाहलमा ९६ घण्टे ‘फ्रन्ट अफिस रेसेप्सन तालिम’ सुरु भएको छ ।

    चितवन होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञ बहादुर कार्की र विशिष्ट अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङ रहनुभएको थियो।

    उद्घाटन कार्यक्रममा चितवन होटल व्यवसायी संघका सदस्य प्रकाश त्रिपाठी, इच्छाकामना इकाईका पुर्वअध्यक्षहरु दलबहादुर बुढाथोकी,लालिराम कंडेल, राम पाण्डे लगायतका इकाईका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो।

    होटल ब्यवसायी संघ चितवनका महासचिव सुरेन्द्र केसीले सञ्चालन गरेका कार्यक्रममा सक्षम त्रिपाठीले स्वागत मन्तव्य दिएका थिए।

    दैनिक आठ घण्टाको दरले १२ दिन सम्म चल्ने सो तालिममा ७ महिला सहित २० जनाको सहभागीता रहेका छन्ता तालिममा विनोद पौडेल तथा सौरभ गुरुङले सहजिकरण गर्ने छ ।