× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इक्वेडरमा शक्तिशाली भुकम्प,१४ जनाको मृत्यु, कयौं भग्नावशेषमा पुरीएको आशंका(भिडियो सहित)

    १ वर्ष पहिले

    चैत्र -५, दक्षिण अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । ६.८ रेक्टर स्केलको भुकम्पमा परेर १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव ग्वायासमा परेको छ । यो तटीय क्षेत्र हो । भूकम्पको केन्द्रविन्दु ग्वायासबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा थियो ।

    रिपोर्टका अनुसार भवनहरुमा नराम्ररी क्षति पुगेको छ । धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ । भूकम्प यति शक्तिशाली थियो कि छिमेकी देश पेरुमा पनि यसको धक्का महसुस गरिएको थियो ।

    धेरै घर ध्वस्त भए । समाचार एजेन्सी एपीका अनुसार इक्वेडरमा १२ जनाको मृत्यु भएको छ । पेरुमा १ जनाको मृत्यु भएको छ ।

    सामाजिक सञ्जालमा भूकम्पपछिका धेरै तस्विर र भिडियोहरु मानिसहरुले शेयर गरेका छन् ।