× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला २९ सयले बढेर १ लाख १० हजार कायम

    १ वर्ष पहिले

    चैत्र-५, आज (आइतबार) साताको कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २९ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १० हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर १३ सय ४५ रूपैयाँ कायम भएको छ।

    शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भएको थियो।