× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    १ वर्ष पहिले

    फागुन -२९,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।