× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, फागुन २५ गते तोकियो पेसी

    १ वर्ष पहिले

    फागुन -२३, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वाेच्च अदालतमा दर्ता भएको रिटको पेसी फागुन २५ गते तोकिएको छ ।

    माओवादी युद्धकालमा मारिएका व्यक्तिका आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्च अदालतथमा रिट दर्ता गरेका हुन् ।

    १ माघ २०७३ मा टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो ।

    प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

    यसअघि सर्वाेच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

    सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको हो ।