× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सर्वोच्च अदालतद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर खेल्न अनुमति

    ३ वर्ष पहिले

    फागुन -१५, नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ।

    बालिका बलत्कारको आरोपमा धरौटीमा छुटेका लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै परेको दुई निवेदनमाथि एक साथ सुनुवाइ गर्दै सर्वोच्चले सन्दिपको पक्षम आदेश दिएको हो।

    न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिमको आदेश दिएको उनका वकिल मुराहरि सापकोटाले जानकारी दिए।

    आइतबारदेखि फरक फरक माग राख्दै परेका दुई निवेदनमाथि सुनुवाइ भएको थियो।

    महान्यायाधिवक्ता कार्यालयले सन्दिपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर गर्दै उनलाई पुर्पक्ष थुनामै राख्नुपर्ने माग निवेदन दिएको थियो भने लामिछाने आफैँले आफूलाई विदेशमा समते खेल्न दिनुपर्ने माग गरेका थिए।

    अदालतले उनलाई विदेश जान अनुमति दिएपछि सरकारी वकिलको माग अनुसार पुर्पक्ष थुनामै फर्काउनु पर्ने माग अस्वीकृत भएको छ।