× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    १ वर्ष पहिले

    फागुन-१२, आज (शुक्रबार) साताको कारोबारको अन्तिम दिन सुनको तथा चाँदी भाउ सामान्य रूपमा घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।