× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप लिग-२ को सिरिज ‘क्लिन स्विप’ , प्रधानमन्त्री दाहालद्वारा बधाई

    ३ वर्ष पहिले

    फागुन-९, आईसीसी क्रिकेट विश्वकप लिग-२ का खेल अन्तर्गत घरेलु मैदानमा सिरिज क्लिन स्विप गर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्यान्डमाथि मंगलबार जित निकाल्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेपछि प्रधानमन्त्रीले बधाई दिएका हुन् ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    नेपालले सिरिजको तेस्रो खेल जितेपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूलाई पुरस्कृत गरेका थिए । उनले लेखेका थिए, ‘उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु ।’

    मंगलबारको खेलमा कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग- २ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको थियो । उनले अविजित ९५ रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरेको थियो । स्कटल्यान्डविरुद्ध रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय विजय दिलाए । नेपालले लिग- २ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो ।