× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

    १ वर्ष पहिले

    फागुन -८, ज्यान मार्ने उद्योगमा फरार रहेका एक जना प्रतिवादीलाई तनहुँको आँबुखैरेनी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं.५ ठाँटीपोखरी स्थायी घर भएका ३३ वर्षिय गैडे भन्ने मधुराम भुजेल रहेका छन् ।

    २०७९ साल मंसिर १२ गते राती अंदाजी ९ः०० बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिक वडा न. ३ तल्लोबजार स्थित आँबुखैरेनी-गोरखा सडक-खण्डमा विष्णु प्रसाद जोशिलाई फलामको धारिलो हतियार प्रहार गरी घाईते बनाई ज्यान मार्ने उद्योग गरी वारदात पश्चात फरार रहेका र विभिन्न समयमा विभिन्न व्यवसायीलाई गुन्डागर्दी शैलिमा विभिन्न बहानामा दु:ख हैरानी दिने प्रतिवादी भुजेललाई आज (सोमबार) बिहान ९ः०० बजेको समयमा नियन्त्रणमा लिईएको हो।

    नियन्त्रणमा लिईएको प्रतिवादीलाई ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।