× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन लोथरबाट लागू औषध गाँजा ५३ किलो सहित २ जना पक्राउ

    १ वर्ष पहिले

    फागुन -८, चितवनको राप्ती नगरपालिका १ लोथरबाट लागू औषध गाँजा ५३ किलो सहित गाडी चालक भरतपुर महानगरपालिका १६ बस्ने ३० वर्षिय अर्जुन दर्जि र गाडीमा सवार १ जना नाबालक गरि २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरी टोलिले राप्ती नगरपालिका १ लोथर स्थित सडक खण्डमा सोमबार राति १:०० बजेको समयमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउदै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडिमा लुकाईछिपाई ल्याएको लागू औषध ५३ किलो गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको हो।

    यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।