× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनका बरिष्ठ स्वास्थ्यकर्मी भिमबहादुर पाण्डे राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ बाट सम्मानित

    १ वर्ष पहिले

    माघ-१६, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनका बरिष्ठ स्वास्थ्यकर्मी भिमबहादुर पाण्डे राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट सम्मानित हुनुभएको छ ।

    तीन दशकसम्म निरन्तर ग्रामीण क्षेत्रमा बसेर स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा जिम्मेवार तवरले बरिष्ठ स्वास्थ्यकर्मीको रुपमा पुर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै पाण्डेलाई सम्मानित गरिएको हो ।

    प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको आतिथ्यतामा सम्मानपत्रसहित पाण्डेलाई सम्मान गरिएको थियो ।अवार्डबाट ११ चिकित्सक ६ स्वास्थ्यकर्मी र ४ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो ।

    सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।