× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तनहुँ प्रहरीद्वारा लागुऔषध सहित २ जना पक्राउ

    ३ वर्ष पहिले

    माघ-१०, तनहुँ प्रहरीले आँबुखैरेनीबाट अवैध लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका १० बस्ने २१ वर्षिया बिबश बहादुर मल्ल र बाराको जितपुर उ.म.न.पा. वडा न. ७ बस्ने बर्ष २५ को समीर खान रहेका छन् ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा माघ ७ गते बिहान ५:३० बजेको समयमा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको लु. १ ख. ८०४५ न. को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा खैरो झोलामा लागुऔषध लुकाई ल्याएको अवस्थामा मल्ल एवं खानलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट डाइजोपाम ५३ एम्पुल, बुरफेनेरागन ५३ एम्पुल, फेनेरागान ५२ एम्पुल गरी जम्मा १५६ एम्पुल बरामद गरेको छ ।

    पक्राउ परेका दुबैजनालाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको आँबुखैरेनी प्रहरीले जनाएको छ।