× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेकपा (एस) का खैरहनी नगर इन्चार्ज शम्भु लामिछाने सहितका नेताहरु एमालेमा प्रवेश

    २ वर्ष पहिले

    भदौ-२४, नेकपा (एकीकृत समाजवादी) का खैरहनी नगरपालिका इन्चार्ज शम्भु लामिछाने नेकपा एमाले प्रवेश गरेका छन् । केन्द्रिय परिषद सदस्य र जिल्ला सचिवालय सदस्य समेत रहेका लामिछानेलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराउनुभएको हो ।

    उहाँहरुसंगै नेकपा एस निकट मजदुर संघका केन्द्रिय सदस्य भवानी रखाल, खैरहनी नगर कमिटी सदस्य पोषराज पन्त,भोलानाथ अधिकारी,पार्टी सदस्य सुभद्रा लामिछाने,लक्ष्मी लामिछाने र अन्जु रखाल पनि एमाले प्रवेश गर्नुभएको छ ।

    एस निकट अन्य नेता कार्यकर्ताहरु पनि एमालेमा फर्किने सोचमा रहेको आज प्रवेश गर्नुहुने शम्भु लामिछानेले बताउनुभयो। नेकपा एसको कुनै गन्तव्य नभएकाले र नेतृत्व काङ्ग्रेसको टाङमुनी पुगेकोले अधिकांश नेता कार्यकर्ताहरु एमालेमा फर्किन तम्तयार रहेको उल्लेख गर्नुभयो।

    चितवनमा एकीकृत समाजवादीमा गएका अधिकांस नेता कार्यकर्ता एमालेमा फर्किएको र बाँकी रहेका अन्य पनि आउने क्रममा रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।