

१५ भाद्र २०७९, बिहीबार
भदौ-१६, कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलम पनि संसद निर्वाचन लड्ने तयारीमा रहेका छन् ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी आलमलाई नेपाली कांग्रेस रौतहट–२ कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशन अनुसार क्षेत्रीय समितिले महिलाबाट अञ्जु झाको नाम समेत सिफारिसमा परेको छ ।
आलमले २०६४ सालको संविधान सभा निर्वाचनमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले ज्यूँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।