× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    झापामा एउटै रुखमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला

    ७ श्रावण २०७९, आईतवार

    ७ श्रावण २०७९, आईतवार

    साउन-८, झापामा एउटै रुखमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका छन्।

    आज बिहान झापाको कचनकवल गाउँपालिका ५ स्थित दिलेगाउँमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन्।पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना पुवालु, गणेशकी १७ वर्षीय छोरी अञ्जलि र वीरुवल गणेशकी १६ वर्षीय छोरी कल्पना मृत भेटिएका हुन्।

    उनीहरू शनिवार बिहानदेखि हराएको भन्दै खोजी भइरहेको थियो। आज बिहान खोला नजिकै रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा भेटिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्र प्रसाद सिंह राजवंशीले बताए।

    ‘दुई जनाले डोरीको पासो र एक जनाले सलको पासो लगाएर झुन्डिएका छन्। प्रहरी आएर अहिले मुचुल्का उठाइरहेको छ,’ अध्यक्ष राजवंशीले भने।

    तीनै जना झापाको चिया बगानमा काम गर्दै आएका थिए। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित शीर्षकहरु