× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट संसोधन सहित पारित

    ३ वर्ष पहिले

    असार -२३, चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट संसोधनसहित पारित भएको छ ।

    गत असार १० गतेको ११ औँ गाउँसभामा गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष नर बहादुर नेपालले प्रस्तुत गर्नुभएको बजेट आज बसेको गाउँसभाको दोश्रो बैठकले पारित गरेको होे ।

    गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले दिनुभएको जानकारी अनुसार बजेट केही संसोधन सहित पारित भएको हो ।

    इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट ६७ करोड ४४ लाख ३५ हजार रहेको छ । नीति तथा कार्यक्रम भने पहिलो बैठकमै पारित भएकाे थियाे ।