× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गठबन्धन आबश्यकता र राजनीतिक धर्मको परिपालना हो । – सभापति ईन्द्र बहादुर बानिया, ने.का. बागमती प्रदेश

    ३ वर्ष पहिले

    काठमाण्डौ। कांग्रेसका कार्यकर्ताहरुले उप गुटगुट र पूर्बाग्रह भन्दा माथि उठेर एक मनका साथ चुनाबी मैदानमा जुटुन पर्ने अनिबार्यता रहेको र गठबन्धन राजनीतिक सन्तुलन र सहकार्यको लागि र राजनीतिक धर्म परिपालनाको निम्ति पनि कायम गर्न जरुरी देखिएको कुरा नेपाली काँग्रेस बागमती प्रदेश सभापति एबं संसदीय दलका नेता ईन्द्र बहादुर बानियाले स्थानीय तह निर्बाचन बागमती प्रचार समितिको काठमाण्डौमा सम्पन्न प्रथम बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे ब्यक्त गर्नुभयो। निर्बाचनको निम्ति आबश्यक प्रचार रणनीति तयार पार्न आयोजित सो बैठकको सभापतित्व सो समितिका संयोजक एबं प्रबक्ता श्री तिलक प्रसाद रुवालीले गर्नु भएको थियो।

    बैठकमा तेईस जना सदस्यहरुले आफ्नो सुझाब दिनु भएको थियो । प्रदेश उसभापति मोहन बस्नेत, कोषाध्यक्ष श्री दीर्घमान श्रेष्ठ, सहमहामन्त्रीत्रय श्री ऋषिराम घिमिरे, हरि शरण श्रेष्ठ र जीबन डंगोलको समेत उपस्थिति रहेको सो बैठकले प्रचार समितिका थप सदस्यहरु समेत बिस्तार गरेको छ।