× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ईच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदमा एमालेको तर्फबाट तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने निर्णय

    ४ वर्ष पहिले

    चैत-२४, आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदमा एमालेको तर्फबाट तेजबहादुर शेरचनलाई उम्मेदवार बनाउने सर्वसम्मत रुपमा निणर्य भएको छ।

    आज (बिहीबार) बसेको एमालेको वडा भेलाले वडा नं ५ को वडाध्यक्ष पदमा तेजबहादुर शेरचनलाई उम्मेदवार उठाउने सर्वसम्मत रुपमा निणर्य भएको हो।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिन निवासी शेरचन स्थानीय जनता बिच निकै लोकप्रिय छन्।

    होटल व्यवसायी तथा अचार उद्यमी शेरचन बिभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेका छन्। हाल उनी खानेपानी उपभोक्ता समिति मुग्लिन का अध्यक्ष तथा मर्स्याङ्दी बहुद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष हुन्।