× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ईच्छाकामनामा ३ दिने ईण्डियन कुक तालिम सम्पन्न

    ४ वर्ष पहिले

    चैत-२३, व्यवसाय विकास तथा प्रवर्द्धनको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी सङ्घ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा इच्छाकामना-५ मुग्लिनमा भएको ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको छ ।

    होटल व्यवसायी सङ्घ, चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षता तथा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्यता ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको हो।

    तालिम समापन कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसायी सङ्घ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, अतिथिहरु वडा नम्बर ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ ,होटल व्यवसायी संघ चितवनका सचिव रामबहादुर गुरुङ, होटल व्यवसायी सङ्घ, चितवनका पुर्व अध्यक्ष कमल शर्मा, निवर्तमान इकाईका अध्यक्ष राम पाण्डे लगायत उपस्थित रहेका थिए।

    तालिममा सहभागीहरुलाई प्रमुख अतिथि श्रेष्ठ एवं विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवालले खादा लगाइदिएर प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले गाउँपालिलाले धेरै तालिमको आयोजना गरेको भएपनि त्यसले रोजगारीको स्तरमा धेरै फाइदा लिन नसकेको हुँदा तालिम लिएरमात्रै नहुने भन्दै यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    यस्तै होटल ब्यवसायीको मागलाई मनन् गरेर तालिमको लागि आर्थिक सहयोग गरेमा होटल व्यवसायी सङ्घ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले ईच्छाकामना गाउँपालिकालाई धन्यवाद दिनुभयो।

    समापन कार्यक्रममा १७ औ राष्ट्रिय तेक्वान्दाे प्रतियाेगितामा बागमति प्रदेश काे प्रतिनिधित्व गर्दै दाेस्रो स्थान हात पार्न सफल इच्छाकामना, मुग्लिन निवासी सुप्रिका गुरूङलाई सम्मान गरिएको थियो।

    यस्तै होटल व्यवसायी सङ्घ चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठले प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ,विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष मोदराज सिलवाल र होटल व्यवसायी सङ्घ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ एवं तालिमका प्रशिक्षक रमेश रानाभाटलाई मायाको चिनो प्रदान गरेका थिए।