× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज अन्तर्राष्ट्रिय विकास र शान्ति को लागि खेलकुद दिवस

    ४ वर्ष पहिले

    चैत-२३, आज अन्तर्राष्ट्रिय विकास र शान्ति को लागि खेलकुद दिवस ‘सबैको लागि दिगो र शान्तिपुर्ण भविष्यमा सुरक्षित गर्दै खेलकुदको योगदान ’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ।

    खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। खेलकुद दिवस संयुक्त राष्ट्रसंघ (यूएन)को आह्वानमा सन् २०१४ देखि मनाउन थालिएको हो।

    यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए।

    समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो।

    नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहकार्यमा युएनले नेपालमा पनि कार्यक्रम गर्दै आएको छ।