× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा ईण्डियन कुक तालिम शुरु

    ३ वर्ष पहिले

    चैत-२१,व्यवसाय विकास तथा प्रवर्द्धनको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी सङ्घ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा मुग्लिनमा ईण्डियन कुक तालिम दिन सुरू गरिएको छ ।

    होटल व्यवसायी सङ्घ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका कि कार्यपालिका सदस्य निर्मला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटन सत्रमा होटल व्यवसायी सङ्घ चितवन, ईच्छाकामना ईकाई समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो।

    उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बलराम त्रिपाठी ,होटल व्यवसायी संघ चितवनका द्वितीय उपाध्यक्ष कमला गुरुङ, तृतीय उपाध्यक्ष थानेश्वर सापकोटा, सचिव रामबहादुर गुरुङ र अन्य अतिथिहरुमा होटल व्यवसायी सङ्घ, चितवनका जिल्ला सदस्य अशोक शेरचन , निवर्तमान इकाईका अध्यक्ष रामपाण्डे लगायत उपस्थित रहेका थिए।

    राजमार्ग क्षेत्रमा भारतीय पर्यटकको चाप अत्याधिक मात्रामा हुने भएकोले खानाको गुणस्तर वृद्धिको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी सङ्घ चितवन, इच्छाकामना इकाईको आयोजनामा १५ होटल व्यवसायीलाई ईण्डियन कुक तालिम सञ्चालन गरिएको इच्छाकामना इकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठले बताउनुभयो।

    उद्घाटन कार्यक्रम होटल व्यवसायी सङ्घ चितवन, इच्छाकामना ईकाइका सचिव कमल श्रेष्ठले सञ्चालन गरेका थिए।