× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत प्रस्थान

    ४ वर्ष पहिले

    चैत-१८, प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

    शुक्रबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली  प्रस्थान गरेका हुन्।

    देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए ।

    प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

    तीन दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन्।