३ वर्ष पहिले
फागुन-१९, चितवनमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमित निको भएको छ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १३३ पिसिआर परीक्षण हुँदा ११ र २५ एन्टीजेन परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना पुष्टि भएको मध्ये ८ जना भरतपुर महानगरपालिका,२ जना खैरहनी नगरपालिका र १ रत्ननगर नगरपालिकाको रहेको छ ।
चितवनमा सक्रिय संक्रमितको संख्य ७६४ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ३८ ,खैरहनी नगरपालिकाको ५, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ६, राप्ती नगरपालिकाको ४, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।
सक्रिय संक्रमित मध्ये ३ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ६१ जना घरको आइसोलेसनमा रहेका छन्।