× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ सय ५ संक्रमित थपिए, निको हुनेको संख्या ३२०

    २ वर्ष पहिले

    फागुन-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ७ सय ७१ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ४ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५४ लाख ३३ हजार १ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १० लाख ६९ हजार ७ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ३ सय ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ६८ जना रहेको छ।

    २४ घण्टामा ३ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ५७ हजार ८ सय ८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६१ जना र भेन्टिलेटरमा ९ जनाको उपचार भईरहेको छ।