३ वर्ष पहिले
फागुन-६,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा कुनै उल्लेखनिय प्रणाली छैन ।देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।