× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सेनेगललाई पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि

    ४ वर्ष पहिले

    माघ-२४, अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि जित्न सफल भएको छ।

    आइतबार राति भएको निर्धारित ९० मिनेट र थप गरिएको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

    पेनाल्टीमा इजिप्तलाई ४-२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो।

    सेनेगलको लागि साडियो मानेले गरेको गोल नै निर्णायक बन्यो। यस अघि खेलको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई मानेले गोल गर्न बाट चुकेको थियो।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा साडियो माने चुनिएको छ‌।