× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४९०४ संक्रमित थपिए, निको हुनेको संख्या ५९२४

    २ वर्ष पहिले

    माघ-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १० लाख ७३ हजार ८ सय ३६ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार १ सय १ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५२ लाख ९ हजार ५ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ४ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९ लाख ५३ हजार ३ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८५ हजार ६ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ९३ जना रहेको छ।

    २४ घण्टामा ५ हजार ९ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ४८ हजार ३ सय ६० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७८.७८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ८६ जना र भेन्टिलेटरमा ४७ जनाको उपचार भईरहेको छ।