× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४०९४

    २ वर्ष पहिले

    माघ-१४, चितवनमा पछिल्लो २४ घण्टामा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको पिसिआर परीक्षण १ सय ३७ र १ सय २९ एन्टिजन परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि भएका छ ।

    जसमध्ये भरतपुर महानगरपालिकाको १ सय ३८, खैरहनी नगरपालिकाको १५, माडी नगरपालिकाको १७, रत्ननगर नगरपालिकाको ३१, राप्ती नगरपालिकाको ८, कालिका नगरपालिकाको २ र ईच्छाकामना गाउँपालिकाको शुन्य गरी जम्मा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार ९४ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको २ हजार ९ सय ५५, खैरहनी नगरपालिकाको २ सय ८, माडी नगरपालिकाको १ सय ६८, रत्ननगर नगरपालिकाको ४ सय २२, राप्ती नगरपालिकाको १ सय ५७, कालिका नगरपालिकाको १ सय १६ र ईच्छाकामना गाउँपालिकाको ६८ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४१ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ४ हजार ५३ जना घरको आइसोलेसनमा रहेका छन्।