× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं उपत्यकामा थप कडाई, जोर बिजोर प्रणाली लागू

    ४ वर्ष पहिले

    माघ-६, काठमाडौं उपत्यकामा कोरोना संक्रमण उकालो लागेपछि प्रशासनले उपत्यकामा थप कडाई गर्ने भएको छ ।

    माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

    यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्ने बारेमा मात्र उल्लेख थियो।

    स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।

    निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ। माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ।

    विज्ञप्तीमा जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रबन्धक को उचित ब्यवस्था मिलाउने भनिएको छ। अब पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध, न्वरान, पास्नीमा वढीमा पुर्ण खोप लगाएका २० जना मात्र सामेल गराउन पाइने छ ।

    यस्तै होटल तथा रेस्टुरेन्टहरुमा खोप कार्ड भएकाहरुलाई मात्र प्रवेश दिन भनिएको छ भने डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरु संचालन गर्दा एकपटक मा २० जना भन्दा बढी भेला हुन नपाइने नियम छ । यसका साथै प्रशासनले उपत्यकामा विश्वविद्यालय / विद्यालयद्वारा संचालित परीक्षा समेत रोक्ने थप निर्णय गरेको छ।

    आदेशको पुर्णपाठ