× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८२८

    ३ वर्ष पहिले

    माघ-३, कोरोनाको रेडजोनमा परेको चितवनमा पछिल्लो २४ घण्टामा १ सय ९० जना सक्रिय संक्रमित थपिएका छन् भने ६ जना संक्रमित मात्रै संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५० जना र ९० जनाको एन्टिजेन परिक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएका छन्।

    कोरोना पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाको १ सय ३८, खैरहनी नगरपालिकाको ४ , माडी नगरपालिकाको ३, रत्ननगर नगरपालिकाको ३२ , राप्ती नगरपालिकाको ६, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको ४ गरी जम्मा १ सय ९० जना कोरोना संक्रमित थपिएका छन्।

    चितवनमा सक्रिय संक्रमितको संख्या ८ सय २८ जना पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ६ सय ६६, खैरहनी नगरपालिकाको २७ , माडी नगरपालिकाको १५, रत्ननगर नगरपालिकाको ७२, राप्ती नगरपालिकाको १९ , कालिका नगरपालिकाको १६ र ईच्छाकामना गाउँपालिकाको १३ जना रहेका छन्।

    सक्रिय संक्रमित मध्ये २६ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ८ सय २ जना घरको आइसोलेसनमा रहेका छन्।