× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४६३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३५०

    ३ वर्ष पहिले

    माघ-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ५० हजार २ सय ४५ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ९१ हजार ६ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार १ सय ४४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ८५ हजार २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २० हजार ५ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ४८ जना रहेको छ।

    २४ घण्टामा ३ सय ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १९ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भईरहेको छ।