३ वर्ष पहिले
पुष-२१, नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका चितवन लगायतका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।
यसअघि अधिवेशन हुन नसकेका चितवन सहितका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको भएपनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको बैठकले मिति परिवर्तन गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।