× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२८

    ३ वर्ष पहिले

    पुष-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २५ हजार १ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ८ सय १४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ५१ हजार ४ सय ७० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख १२ हजार ७ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३७ जना रहेको छ।

    २४ घण्टामा २ सय २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ११ हजार ७ सय ४६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८३ जना र भेन्टिलेटरमा २३ जनाको उपचार भईरहेको छ ।