× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५३

    ३ वर्ष पहिले

    पुष-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ९ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ४४ हजार ६ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ७५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख १० हजार ७ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ५६ जना रहेको छ।

    २४ घण्टामा २ सय ५३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ११ हजार ५ सय १८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८७ जना र भेन्टिलेटरमा २१ जनाको उपचार भईरहेको छ ।