× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिमभञ्याङ र दामन क्षेत्रमा हिँउ पर्दा त्रिभुवन राजपथ अवरुद्ध

    ३ वर्ष पहिले

    पुष-१४, मकवानपुरको थाहा नगरपालिका अन्तर्गत सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैबाट सुरु भएको भारी हिमपातले हेटौडा- काठमाडौं जोड्ने त्रिभुवन राजपथको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

    सो राजमार्गमा सवारी साधन हिउँमा चिप्लिने सम्भावना हुने भएकोले दुर्घटना नहोस् भनेर सडक सञ्चालनमा नल्याएको र नगरपालिकासँग समन्वय गरेर सडक खुलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।