× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २९३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २६३

    ३ वर्ष पहिले

    पुष-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ७ सय २६ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख १ हजार ७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार १ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ९५ हजार २ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय १० रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ५१ जना रहेको छ।

    २४ घण्टामा २ सय ६३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ९ हजार ९ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९६ जना र भेन्टिलेटरमा २२ जनाको उपचार भईरहेको छ ।