× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अर्बपति विनोद चौधरी मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    ३ वर्ष पहिले

    पुष-६, नेपालको चर्चित औद्योगिक घरानियाँ चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी नेपाली कांग्रेसको मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    १४ औं महाधिवेशन अन्तर्गत मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा नेपालका एकमात्र अर्बपति चौधरी दोस्रो नम्बरमा निर्वाचित भएका हुन् । उनले २२ सय ६ मत प्राप्त गरेका छन् ।

    मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा पहिलो नम्बरमा भने अजय चौरसिया निर्वाचित भएका छन् । उनले ४६ सय ६७ मत खसेकामा २५ सय २२ मत पाएका छन् ।

    यसैगरी तेस्रो स्थानमा रहेर चन्द्रमोहन यादव २१ सय ३८ मतसहित निर्वाचित हुँदा महेन्द्रकुमार रायले १९ सय ८४ मत ल्याएर चौथो तथा दिनेशकुमार यादव १९ सय ५९ मतसहित पाँचौं भए ।