× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २८९

    ३ वर्ष पहिले

    पुष-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ६ सय ४९ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ६९ हजार ३३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ५ हजार ४१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ८३ हजार ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ४८ जना रहेको छ।

    २४ घण्टामा २ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८ हजार ८ सय ९२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय जना र भेन्टिलेटरमा २६ जनाको उपचार भईरहेको छ ।