

३ पुष २०७८, आईतवार
पुष-४, चितवन इच्छाकामना-५ मुग्लिनमा बागमती प्रदेशका नवनियुक्त श्रम राेजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई नेवार गुठी समाज मुग्लिनले स्वागत तथा सम्मान गरेको छ।

योमरी पुन्ही तथा गुठी पुजाको अवसरमा नेवार समुदायले गुठी भवन मुग्लिनमा चितवन क्षेत्र नम्बर २ का प्रदेशसभा सांसद तथा बागमती प्रदेशका श्रम राेजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई नेवार गुठी समाजकी अध्यक्ष जुनाराज भण्डारी , गुठीका थकली एवं गुठीमा आबद्ध गुठीयारले फुल,माला एवं खाँदा लगाएर स्वागत तथा सम्मान गरेका थिए।

स्वागत तथा सम्मान कार्यक्रममा श्रम राेजगार तथा यातायात मन्त्री दाहालले गुठी पुजाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी नेवार समुदायलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सो स्वागत तथा सम्मान कार्यक्रममा गुठी समाजकी अध्यक्ष जुनाराज भण्डारी, इच्छाकामना गाउँपालिका वडा नम्बर ५ की वडासदस्य एवं मिसा पुच अध्यक्ष निर्मला श्रेष्ठ, गणेश तथा भीमसेन मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ, ईच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजु, होटल व्यवसायी सङ्घका अध्यक्ष मिनबहादुर श्रेष्ठ, नेकपा माओवादीका प्रदेश कमिटी सदस्य प्रताप गुरुङ लगायत सयौँ नेवार समुदाय उपस्थित भएका थिए।

कार्यक्रमको सन्चालन नेवार गुठी समाजका सदस्य एवं मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाका कार्यलय प्रमुख कुमार श्रेष्ठले गर्नुभएको थियो ।