× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २६७

    ३ वर्ष पहिले

    पुष-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २१हजार ७३ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ५१ हजार २८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ७ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ७४ हजार २ सय १२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७८ जना रहेको छ।

    २४ घण्टामा २ सय ६७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ११ जना र भेन्टिलेटरमा २८ जनाको उपचार भईरहेको छ ।