× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मोटरसाइकल र स्कुटर पछाडि बस्नेले पनि अब अनिवार्य हेल्मेट लगाउनुपर्ने!

    ४ वर्ष पहिले

    पुष-१, यातायात व्यवस्था विभागले ऐनमा नै मोटरसाइकल र स्कुटर चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको छ।

    सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को ड्राफ्ट राय, सुझावका लागि कानुन मन्त्रालय पठाइएको हो।

    यस्तो छ ऐेनको ड्राफ्टमा

    उक्त ऐनमा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ,’ भनि उल्लेख गरिएको छ। तुलनात्मक रुपमा दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको ‘हेड इन्जुरी’का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको हो।

    ‘ऐन नै नबनाइ कार्यान्वयन गर्न सकिने अवस्था थिएन। अब ऐनमा नै व्यवस्था भएपछि नमानेर हुन्छ ?,’ एक अधिकारीले भने,’गुणस्तर विभागले तोकेको आधारमा हेल्मेट लगाउनुपर्छ। ऐन आएपछि नलगाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्छ।